चलचित्र निर्माता पुनम गौतम सेल्फ क्वारेन्टाइनमा

मंगलबार, ११ चैत्र २०७६, १६ : १९
चलचित्र निर्माता पुनम गौतम सेल्फ क्वारेन्टाइनमा

काठमाडौँ । बेलायतमा रहँदा सँगै बसेकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चलचित्र निर्माता पुनम गौतम सेल्फ क्वारेन्टाइनमा बसेकी छन् ।

मारुनी चलचित्रकी निर्माता गौतम तीन हप्ता बेलायत बसेर हालै नेपाल फर्किएकी हुन् । आफूहरु नेपाल फर्किएको पाँच दिनपछि बेलायतमा रहँदा सँगै खाना खाएकी महिलामा कोरोना भाइरसको संक्रमण देखिएको थाहा पाएपछि आफू क्वारेन्टाइनमा बसेको गौतमले बताइन् ।

उनले भनेकी छन्, ‘हामी बेलायतमा हुँदै खाना खाएका तथा सार्वजनिक कार्यक्रममा गएका थियौँ । नेपाल आएको पाँच दिनपछि उहाँलाई कोरोना भाइरसको संक्रमण भएको थाहा भयो । यसले मलाई पनि आशंका लागेपछि सेल्फ क्वारेन्टाइनमा बसेकी छु ।’

पुनमसँगै मारुनीकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि बेलायतबाट स्वदेश फर्किएकी हुन् । पुनम र साम्राज्ञीले सँगै समय बिताएकी भगवती रानाभाटमा कोरोना भाइरसको संक्रमण देखिएपछि रानाभाटले लण्डनमै आइसोलेसनमा बसेर उपचार गराइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस