एक नेपाली युवाको प्रस्तुतीले ‘अमेरिकन आइडल’ का निर्णायक लियोनेल रिचीको आँखा रसाए !

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, ०८ : २७
एक नेपाली युवाको प्रस्तुतीले ‘अमेरिकन आइडल’ का निर्णायक लियोनेल रिचीको आँखा रसाए !

एजेन्सी । अमेरिकन आइडलमा सहभागी एक नेपाली युवाको चर्चा अहिले विश्व भरि नै चुलिएको छ । आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको हो। । अ

मेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । अहिले सम्म उक्त स्थानमा कुनै पनि नेपाली पुग्न नसकेको बेला पोख्रेलले भने आफ्नो प्रस्तुतिबाट सबैको मन जित्न सफल भएका छन् ।  स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् ।

गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले स्ट्यान्डिङ ओभेसन दिदैं ‘वान्स मोर’ भनेका थिए भने सोमबार राती प्रसारण भएको अमेरिकन आइडलमा उनको नयाँ प्रस्तुतीमा निर्णायक लियोनेल रिचीको आँखा रसाए । र उनी आँखा पुछ्न बाध्य भए ।  दिवेशले आफ्नो प्रस्तुती दिएर स्टेजबाट बाहिरिएपछि निर्णायक रिचीले अन्य दुई निर्णायकलाई  भने, ‘उनको प्रस्तुतीले मेरो आँखा रसाए । मलाई माफ गर्नुहोस् ।’

दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए । उनले यही गीत मिलाउकीमा भएको अडिशनमा समेत गाएका थिए । अब आफू निकै अघि आइसकेकोले यसमा आफ्नो सिर्जनशीलता पनि मिसाएको उनले बताए । उनले गीतको स्केल पनि परिवर्तन गरे ।

आफ्नो प्रस्तुती अघि उनले यो एक्सपेरिमेन्टल (प्रयोगात्मक) भएपनि ब्यान्डसँग यो निकै राम्रो सुनिने उनले सुरुमा अनुमान गरेका थिए । ‘यो जोखिम हो तर यहाँ प्रयास त गर्नैपर्छ,’ सार्वजनिक भएको भिडियोमा उनले भनेका छन् । यद्यपि, निकै छोटो समय भएकोले दिवेशको अरेन्जमेन्टमा ब्यान्डले राम्रोसँग प्रस्तुती दिन नसकेपछि अन्तिम समयमा आफैंले गितार बजाएर गाउने निश्चित गरे । आफूसँग यो भन्दा अरु विकल्प नभएको पनि उनले बताए ।

दिवेशले पनि आफ्नो प्रस्तुती सन्तोषजनक रहेको बताए । आइडलमा उनको प्रस्तुती निकै दमदार बन्दै गएको छ । हलभित्र रहेको दर्शकको पनि उनी मन जित्न सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस