विरगंजका व्यवसायी रुगंटामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि

सफल खबर संवाददाता

आइतबार, ०९ चैत्र २०७६, २२ : २२
विरगंजका व्यवसायी रुगंटामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि

काठमाडौँ । विरगंजका एक व्यवसायीमा कोरोना भाइरस (कोभिड–१९)  संक्रमण भएको हल्ला बाहिर आएपनि उनमा कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ ।

संक्रमण भएको आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना भएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताएसंगै रुगंटा संक्रमित भएको हल्ला बाहिर आएको थियो । रुगंटा २२ फेब्रुअरी भारतमा एक विवाह समारोहमा सहभागी हुन गएका थिए र एक सातामा फर्किएका थिए ।

किड्नीका विरामी उनी स्थानीय अस्पतालमा नियमित चेकजाँचका लागि गएका थिए । अस्पतालले पटना रिफर गर्‍यो । १९ मार्चमा गएका उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको चेकजाँच गरिएको थियो । उनको पुर्ण रिपोर्ट नआउदैं भारतीय टेलिभिजन च्यानलहरुले उनलाई कोरोना संक्रमण भएको बताएका थिए ।