कोरोनाको संक्रमण फैलन नदिन भारतमा आईतबार ‘जनता कर्फ्यू’

विहीबार, ०६ चैत्र २०७६, २२ : ०९
कोरोनाको संक्रमण फैलन नदिन भारतमा आईतबार ‘जनता कर्फ्यू’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहीबार  देशबासीका नाममा सम्वोधन गर्दै कोरोनाको संक्रमण विश्वव्यापी रुपमा बढदैं गएपछि रोकथामको लागि  ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् ।

उनले आईतबार बिहान ७ बजेदेखि साति ९ बजेसम्म जनता कर्फ्यु अन्र्तगत कोई पनि घरबाहिर ननिस्कन आग्रह गरेका छन् । उनले चाहिने भन्दा बढी सामान संग्रह नगर्न समेत आग्रह गरेका छन् ।

मोदीले कोरोनाविरुद्ध अत्वाश्यक सेवामा खटिईरहेका र लडिरहेकाहरुको हौसला बढाउन आइतबार साँझ ५ बजे बार्दली र झ्यालमा उभिएर ५ मिनेटसम्म ताली बजाउन, थाल ठटाउन समेत आग्रह गरेका छन् ।

सम्बोधनमा उनले जोड दिदैं ६०÷६५ वर्ष उमेर कटेका नागरिकलाई घर बाहिर सकेसम्म हाल बाहिर ननिसक्न सुझाव समेत दिए । उनले आफू बचौं, देश बचाऔं र जगत जोगाऔं भन्दै देशवासीलाई आग्रह गर्दै पूर्ण रुपमा जनता कर्फ्यू आफुमा लागु गरौं ।’ उनले कफ्र्युलाई जनताद्धारा जनता माथि लगाईएकोले सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

अहिले कोरोना भाइरसले विश्‍व विश्वयुद्धको संकटभन्दा पनि नराम्रो तरिकाले प्रभावित भइरहेको भन्दै विशेष सावधानी अपनाउनुपर्ने  सुझाव दिदैं  उनले भने, ‘म १३० करोड भारतीय जनतालाई दुईवटा काम गर्नु आवश्यक छ ।  जसमा संकल्प र संयम अपनाउनुपर्दछ ।हाल भारतमा कोरोना भाइरसको संक्रमण बढ्ढो क्रममा रहेको छ ।

आवश्यक कामबोहक अरुबेला घर बाहिर नआउन र अस्पतालमा कम जान र नियमित अप्रेसनको मिति पछि सार्न उनले जनतालाई आगह गरेका छन् । फोनबाटै डाक्टरसँग सुझाव लिएर घरमै बस्न मोदीले आफ्ना जनतालाई आग्रह गरेका छन् । भारतमा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको छ भने १ सय ७८ जना संक्रमित भएको भारतिय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस