भोलिदेखि चिडियाखाना अनिश्चित कालको लागि बन्द

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १९ : ३७
भोलिदेखि चिडियाखाना अनिश्चित कालको लागि बन्द

काठमाडौं । कोरोनाको त्रासका कारण ललितपुरमा रहेको सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द गरिएको छ  । शुक्रबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको हो ।  

सरकारले गरेको निर्णय र कोरोना भाइरसको बढ्दो महामारीलाई लक्षित गर्दै धेरै भीड नियन्त्रणको लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको चिडियाखानाले जनाएको छ । चिडियाखाना प्रशासनका अनुसार शनिबार ६ हजारको हाराहारीमा अवलोकनकर्ताहरु आउने गरेकोमा गत शनिबार २१ सयले मात्रै चिडियाखाना अनवलोकन गरेका थिए ।

अरु दिन हरेक दिन १७ सय देखि दुईहजारको हाराहारीमा दैनिक अवलोकनकर्ताहरु आउनेमा अहिले ५ सयको हाराहारीमा मात्रै अवलोकनकर्ताहरु आउने गरेका छन् ।