कोरोना भाइरसको प्रभाव रोक्न सार्क राष्ट्र बिच कोष प्रस्ताव, भारतले कोषमा १ अर्ब रुपैंया राख्यो

आइतबार, ०२ चैत्र २०७६, १८ : ५१
कोरोना भाइरसको प्रभाव रोक्न सार्क राष्ट्र बिच कोष प्रस्ताव, भारतले कोषमा १ अर्ब रुपैंया राख्यो

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्र बिच कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संयुक्त कोष गठन हुने भएको छ । जोखिम नियन्त्रणका लागि  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड अमेरिकी डलर भारतले राख्ने घोषणा उनले गरेका छन् ।

आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले उक्त घोषणा गरेका हुन् । उनले सार्क क्षेत्रमा कोरोना भाइरसलाई रोकथाम गर्न सँगै सबै राष्ट्र बिच सहकार्य गर्नुपर्नेमा जोड दिए । उक्त कोषलाई आठै राष्ट्रले आवश्यकताअनुसार प्रयोग गर्नसक्ने घोषणा पनि उनले उदघोष गरेका छन् । 

‘हामीले सँगसँगै तयारी गर्नुपर्ने सँगसँगै काम गर्नुपर्ने र सँगसँगै सफल हुनुपर्छ’, आइतबार आयोजित सार्क भिडियो कन्फरेन्समा मोदीले भने–‘मोदीले आफ्नो मुलुकले विशेष ‘प्रोटोकल’ निर्माण गरी ‘स्क्रिनिङ’, ‘क्वारेन्टाइन’, ‘आइसोलेसन’ र ‘डिस्चार्ज’ सेवालाई प्राथमिकता दिएको बताए ।’

उनले यो रोग रोकथाम र नियन्त्रणमा सार्कका सबै मुलुक सक्षम हुने बताएका छन् । सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ भिडियो कन्फरेन्समार्फत सबै सदस्यहरु साझा रणनीतिमा जुटेका छन्। भारतीय प्रधानमन्त्री मोदीले हरेक राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकता अनुरुप यसलाई परिचालन गर्न सकिने पनि बताए । 

कोभिड–१९ को प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने भन्दै भारतीय प्रधानमन्त्री मोदीले सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याको पार लाग्‍ने बताए । मोदीले सार्क राष्ट्रको अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने पनि बताए ।

मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सन्जालमार्फत राखेलगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए। मिगौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए। 

भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी  थिए।

प्रतिक्रिया दिनुहोस