भक्तपुर । कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन् ।
यही फागुन ४ गतेदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन् । चीनबाट ल्याइएका १७५ जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो । दोस्रो चरणमा पनि कोरोना भाइरस नेगेटिभ आएपछि सोमबार एक समारोहबीच उनीहरूलाई बिदाइ गरियो ।
१६ दिनसम्म क्वारेन्टाइनमा बिताएका नेपाली बिदाइ हुने क्रममा नेपाल सरकार जिन्दावाद, नेपाली सेना जिन्दावाद, नेपाली मिडिया जिन्दावाद, नेपाल प्रहरी जिन्दावादजस्ता नारा लगाउँदै चीनबाट उद्धार भएकोमा खुसी देखिन्थे । धेरैबेरसम्म नेपाल सरकार, मिडिया र नेपाली सेनाको जयजयकार गरेका उनीहरुले जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताए ।
यदि सरकारले चीनबाट उद्धार गरेर नल्याएको भए आफूहरूलाई कोरोना सङ्क्रमण हुनसक्ने, चीनमा खान, बस्नको असुविधा हुनेजस्ता समस्याबाट आफूहरू मुक्त भएको उनीहरुले बताए। गाेरखापत्रमा याे खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै