कोरोना भाइरस संक्रमणको बिरामी दक्षिण कोरियामा एकै दिनमा दोब्बरले बृद्धि

एजेन्सी

आइतबार, ११ फागुन २०७६, ०८ : २२
कोरोना भाइरस संक्रमणको बिरामी दक्षिण कोरियामा एकै दिनमा दोब्बरले बृद्धि

(एजेन्सी) । कोरोना भाइरसको संक्रमण चिनबाट अन्य देशमा फैलिरहेको बेला दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमितको संख्या एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि गरेको छ ।

दक्षिण कोरियाली अधिकारीका अनुसार शुक्रबार २ सय २९ संक्रमित देखिएकोमा शनिबार संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । दक्षिण पूर्वी शहर देइगु आसपासका अस्पताल र त्यहाँका धार्मिक समूहमा नयाँ संक्रमित पाइएको अधिकारीले बताएका छन् ।

दक्षिण कोरियामा दुई बिरामीको मृत्यु भएको र मृतकको संख्या वृद्धि हुने हो कि भन्ने त्रास फैलिएको छ ।
देइगु र छियोङ्दो नजिकैको इलाकाजहाँ अस्पताल छ, लाई ‘स्पेशन केयर जोन’ घोषित गरिएको छ । देइगुका सडकमा मानिसहरुको आवतजावत लगभग रोकिएको छ ।

चीनपछि दक्षिण कोरियामा संक्रमितको संख्या धेरै देखिएको छ । चीनमा अहिलेसम्म २ हजार ३ सय ४५ को मृत्यु भइसकेको छ भने ७६ हजार २ सय ८८ जना संक्रमित छन् ।