‘नेपाली’ ल्याउन आज चीन उड्दै जहाज

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०७६, ०८ : ३७
‘नेपाली’ ल्याउन आज चीन उड्दै जहाज

काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र चीनको हुवेइस्थित बुहानमा रहेका नेपाली नागरिकको उद्दारका लागि आज वाइडबडी जहाज त्यसतर्फ पठाउँदैछ ।

शनिबार दिउँसो ३ बजे उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज हुबेइका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौँ आइपुग्ने तालिका बनाइएको छ ।

उहानमा १८० नेपालीले नेपाल फिर्नका लागि भन्दै आवेदन दिएका छन् । उनीहरुलाई भक्तपुरको क्वारेन्टाइनमा राखिने छ ।