‘जनयुद्ध’ दिवसमा गौतम र पौडेलमात्र उपस्थित

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ फागुन २०७६, ०८ : ०५
‘जनयुद्ध’ दिवसमा गौतम र पौडेलमात्र उपस्थित

काठमाडौं । २५ औं ‘जनयुद्ध’ दिवसका अवसरमा बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पूर्व एमालेका वरिष्ठ नेताहरू कोही उपस्थित हुनुभएन तर त्यसको अड्कोपड्को उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलले उपस्थित भएर टार्नुभयो।

केहीदिनअघि नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने प्रचार गरिदैँ आए उहाँ गतसाल झैँ यसपालि पनि सहभागी हुनुभएन। प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्री जनयुद्ध दिवसमा सहभागी हुने कार्यक्रम नै नभएको नेपाल समाचारपत्रलाई बताउनुभयो।

प्रम ओलीजस्तै वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल पनि जनयुद्ध दिवसमा जानुभएन। लगायतका केही नेता भने जानुभएको थियो। जनयुद्ध र जनआन्दोलन दिवस मनाउन पार्टी कार्यालय धुम्बराहीमा भेला भएका नेता/कार्यकर्ता प्रधानमन्त्री नआउने जानकारी पाएपछि खासखुस गर्दै थिए–एकताको २२ महिना पुग्दासम्म पार्टीमा भावनात्मक एकता हुनसकेको देखिएन।

तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि जनयुुद्ध सुरु गरेको थियो। पूर्व एमाले र माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्ध’ दिवसका रुपमा मनाउन थालिएको हो।

‘परिवर्तनको आधार जनयुद्ध’
नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्ध विश्व इतिहासमा बिरलै हुने ऐतिहासक घटना भएको बताउनुभयो। जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरी साम्रज्यवादलाई कमजोर बनाएको दावी गर्दै सोही कार्यक्रममा उहाँले भन्नुभयो–जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र संघर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापना गर्नुपर्छ।’

शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको विश्लेषण गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो,‘अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध नै हो।’

जनयुद्धकालमा मारिएका तीन सयभन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनुपरेको स्मरण गर्दै उहाँले ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्याङ्कन हुनुपर्ने बताउनुभयो। नेपाल समाचारपत्रमा खबर छ 

प्रतिक्रिया दिनुहोस