रंगशालामा आयोजित धनधान्याचलबाट ५५ करोड संकलन, लक्ष्यभन्दा ५ करोड बढी

सफल खबर संवाददाता

सोमबार, २७ माघ २०७६, १८ : ३२
रंगशालामा आयोजित धनधान्याचलबाट ५५ करोड संकलन, लक्ष्यभन्दा ५ करोड बढी

चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालास्थला निर्माणमा सहयोगार्थ आयोजित धनधान्याचल महोत्सवबाट ५५ करोड सहयोग संकलन भएको छ । महोत्सवबाट लक्ष्यभन्दा धेरै सहयोग संकलन भएको धनधान्याचल मुल समारोह समितिका महासचिव दिनेस कुमार चुकेले बताए । 

रंगशाला निर्माणस्थलमा भएको महोत्सवबाट ५० करोड रकम सहयोग संकलन गर्ने लक्ष्य लिइएको थियो । माघ १९ देखि सुरु भएको महोत्सव १ दिन थप गरेर २७ गते सोमबारसम्म सञ्चालन भएको थियो ।

यस्तै खर्च पनि अनुमान गरिएको भन्दा कम भएको चुकेले बताए । ७६ लाख अर्च अनुमान गरिएकोमा ७३ लाख खर्च भएको उनले जानकारी दिए । १५ लाख बराबरको खर्चको रकम पनि आम्दानीका रुपमा राख्न सफल भएकाले खर्च कम भएको उनको भनाई छ ।  

महायज्ञबाट रकम संकलनको महाअभियान सुरु भएकाले आगामी दिनमा रकमको ओइरो लाग्ने समितिका संयोजक एवमं सांसद विजय सुवेदीले विश्वास व्यक्त गरे । उनले धुर्मुस सुन्तली फाउण्डेसनलाई पनि रंगशाला निर्माणको कामलाई तिव्रता दिन आग्रह गरे । 

३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा निर्माण भईरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस