‘यो अन्तिम पटक हो, अब कहिल्यै पैसा माग्दैनौँ’ : धुर्मुस

आइतबार, २६ माघ २०७६, १५ : ४९
‘यो अन्तिम पटक हो, अब कहिल्यै पैसा माग्दैनौँ’ : धुर्मुस

चितवन । कलाकार एवम् सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मुस)ले अब कहिल्यै नमाग्ने बताएका छन ।

भरतपुरमा पत्रकारहरुसँग उनले क्रिकेट रंगशाला निर्माण सकिएपछि कहिल्यै नमाग्ने बताएका हुन् । आफूहरुले देश विदेशमा रहेका नेपालीहरुको सहयोगमा धेरै आयोजनाहरु सम्पन्न गरेको बताउँदै धुर्मुसले रंगशालापछि कसैसँग केही नमाग्ने बताए । उनले भने ‘हिजो पनि सहयोग मागेरै काम गरियो, रंगशाला पनि जनताकै सहयोगमा निर्माण भइरहेको छ, सँधैभरी मागेर चल्दैन ।’

धुर्मुसले रंगशाला निर्माण सम्पन्न भएपछि सामाजिक क्षेत्रमा खर्च गर्ने गरी कोष खडा गरेर अघि बढ्ने योजनामा रहेकाले त्यसपछि माग्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले रंगशाला जनस्तरबाट बन्ने भएकाले यो परियोजना सम्पन्न गर्न भने सवै नेपालीको साथ सहयोग आवश्यक रहेको बताए । 

धुर्मुस चितवनमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नेतृत्व गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष हुन । 

प्रतिक्रिया दिनुहोस