रंगशालालाई अक्सफोर्डको साढे ८ लाख सहयोग

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, १७ : १५
रंगशालालाई अक्सफोर्डको साढे ८ लाख सहयोग

चितवन । अक्सफोर्ड कलेजले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ८ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम कलेजका प्रिन्सिपल हरि भण्डारीले धुर्मुस सुन्तली फाण्डेसनलाई हस्तान्तरण गरेको छ ।

कलेजका शिक्षक र विद्यार्थीहरुबाट संकलन गरी सहयोग रकह हस्तान्तरण गरीएको कलेजले जनाएको छ । 

फाउण्डेसनका अध्यक्ष धुर्मुसले सवैको साथ सहयोग यसैगरी निरन्तर रहेमा निर्धारित मितिमा नै नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ठडिने बताए । अन्य स्थानबाट पनि सहयोग रकम आउनक्रम चलिरहेको र खर्च त्यो भन्दा बढी भइरहेको धुर्मुसले बताए । रंगशाला निर्माणस्थलमा हुने धनधान्यचल महोत्सव सम्पन्न भएपछि सार्वजनिक सुनुवाई गर्ने योजना रहेको धुर्मुसको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस