रंगशाला निर्माणमा सहयोगार्थ धनधान्याचल महोत्सवको तयारी तीव्र

उर्गेन तामाङ

शुक्रबार, १७ माघ २०७६, १७ : ०१
रंगशाला निर्माणमा सहयोगार्थ धनधान्याचल महोत्सवको तयारी तीव्र

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन धनधान्याचल महोत्सवको तयारी तीव्र पारिएको छ । ५० करोड रकम रंकलन गर्ने लक्ष्यसहित माघ १९ देखि २६ गत्तेसम्म महोत्सव हँदैछ । 

महोत्सवको तयारी तीव्र पारिएको मूल समारोह समितिले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सव सम्पन्न गराउन प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । ५९ वटा विभिन्न समितिहरु र २८३ सदस्यीय सचिवालय गठन गरी तयारी तीव्र पारिएको संयोजक सुवेदीले बताए । 

चितवनका सवै ७ र नवलपुरको एक स्थानिय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाअध्यक्षको नेतृत्वमा वडास्तरीय समिति गठन गरीएको छ । संयोजक सुवेदीका अनुसार टोल विकास संस्थाका अध्यक्षहरुमार्फत हरेक घर र व्यक्तिसम्म पुगेर प्रचारप्रसार र सहयोगका लागि अपिल गर्ने काम तीब्र पारिएको छ । 

सहयोगका लागी ७७ वटै जिल्लालाई अनुरोध

देशभरका ७५३ स्थानिय तह ७७ वटै जिल्लालाई सहयोगका लागी अनुरोध पठाइएको छ । उद्योग वाणीज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएनए, लायन्स तथा जेसिज लगायत विभिन्न सामाजिक संघसंस्थालाई पनि केन्द्रदेखि जिल्लासम्मलाई यस अभियानमा जोड्ने गरी काम भइरहेको सुवेदीले बताए । 
विभिन्न २२ विधाका राष्ट्रिय ख्याति प्राप्त २२ जना खेलाडीहरुले संयुक्त रुपमा माघ १९ गते दिउँसो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका सचिव दिनेशकुमार चुकेले बताए । 

सबै दल एक जुट

धनधान्याचल महोत्सव सम्पन्न गराउन सवै राजनीतिक दलहरु एक भएर लागेको समितिका उपसंयोजक तथा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोसीले बताए । विगत देखिनै राम्रो कामका लागि दलहरु एकजुट हुँदै आएको बताउँदै जोशीले भने ‘सबैको सहयोगले मात्रै लक्ष्य पूरा हुने भएकाले एक भएर लागेका छौँ ।’
जिल्लाका विभिन्न ९ वटा राजनीतिक दलहरुले महोत्सव सम्पन्न गराउन एकबद्धता जनाएका छन । 

आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राजपा, समाजवादी दल, जनमोर्चा, राप्रपा, राप्रपा संयुक्त, नेकपा माले र साझा पार्टीको सर्वदलीय बैठकले धनधान्याचल सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले सबैलाई जुट्न आग्रह पनि गरेका छन । धान्यचल सम्पन्न गराउन ७६ लाख ७६ हजार खर्च लाग्ने समितिको अनुमान रहेको छ । 

रंगशाला निर्माणको कामले पनि थप तीव्रता पाएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । यसअघि घोषणा गरिएको अधिकांश रकम अहिलेसम्म नआएको उनको भनाइ छ । यस्तो अवस्थामा धनधान्याचल महोत्सव हुनु खुसीको कुरा भएकाले सकेको दिल खोलेर सहयोग गर्न पनि सवैसँग धुर्मुसले आग्रह गरे । 

चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणधिन अवस्थाको रंगशाला ३० हजार क्षमताको रहेको छ । ३ अर्ब लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि देश तथा विदेशबाट हरेक दिन सहयोग आउने क्रम जारी छ । धुर्मुसका अनुसार अवको ४ महिनामा ग्राउण्ड तयार हुने गरी काम भइरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस