काठमाडौँमा खुर्सानीको धुलो छर्केर लुटियो ४८ लाख !

सफल खबर संवाददाता

आइतबार, १२ माघ २०७६, १४ : ५९
काठमाडौँमा खुर्सानीको धुलो छर्केर लुटियो ४८ लाख !

काठमाडौं । ६ जनाको समूहले काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटेको छ । जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर्सानीको धुलो छर्किएर ४८ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुवेदारसमेत हुन् । महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको छ । 

महाशाखाका एसएसपी सहकुल थापाले पक्राउ परेको पुष्टि गरेका हुन् । पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस