काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
उनले केही दिनअघि आफ्नो पदबाट राजीनामा दिएका थिए । मन्त्री भट्टराईले खरेलको राजीनामा स्वीकृत गरेर सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरेका छन् । खरेलको कार्यशैलीप्रति मन्त्रीले असन्तुष्ट जनाउँदै आएको बेला उनी राजीनामा दिएर अष्ट्रेलियातिर लागेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० माघ २०७६, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ राजदूतले दिए राजीनामा
प्रदेश प्रमुखको कार्यालयमा सोनलले बुझाए राजीनामा पत्र
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा