काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
उनले केही दिनअघि आफ्नो पदबाट राजीनामा दिएका थिए । मन्त्री भट्टराईले खरेलको राजीनामा स्वीकृत गरेर सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरेका छन् । खरेलको कार्यशैलीप्रति मन्त्रीले असन्तुष्ट जनाउँदै आएको बेला उनी राजीनामा दिएर अष्ट्रेलियातिर लागेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० माघ २०७६, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिए राजीनामा
राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा