सिसनको प्रेममा शृंखला खतिवडा

बुधबार, ०८ माघ २०७६, १२ : २८
सिसनको प्रेममा शृंखला खतिवडा

काठमाडौं । ढाँटेको कुरा काटे मिल्दैन । पूर्व मिस नेपाल शृंखला खतिवडाको अवस्था यस्तै छ । मिस नेपाल भएसँगै भ्लगर सिसन बानियाँले शृंखलालाई खूब सहयोग गरे । उनको इन्ट्रोडक्सन भिडियो बनाउनेदेखि लिएर ‘ब्युटी विद पर्पोस’को भिडियो बनाउनसम्म पनि सिसनको ठूलो सहयोग थियो। तर, यो सहयोगको पछि अरू कुनै कारण होला, कसैले पनि सोचेका थिएनन्। मानिसको मनमा शंका त्यतिबेला पस्यो, जब सिसन र शृंखलालाई टर्कीको मरुभूमिमा सँगै देखियो। इन्स्टामा सार्वजनिक भएको त्यो फोटोमा शृंखला सिसनको छातीमा टाउको राखेर क्युट पोज दिइरहेकी थिइन् । 

फोटो सार्वजनिक भएसँगै दुवैको अफेयरको हल्लाले नेपाल हल्लियो । सिसनलाई व्यंग्य गरेर थुप्रै ट्रोल बने । शृंखलाले अफेयरको हल्लालाई नकार्ने मात्र होइन, उनले एनजीओको कामको सिलसिलामा टर्की पुगेको पनि स्पष्टीकरण दिइन् । तर, यतिबेला फेरि अर्को फोटो बाहिरिएको छ, जहाँ सिसनले शृंखलालाई किस गरिरहेका छन् । फोटो पोखरामा सञ्चालित बेलुन नेपालको हो । सिसनले शृंखलालाई हावामा उडिरहेको बेला किस गरेका छन् । भएन, दुवै यही हप्ता मात्र दोलखाको कुरीमा स्की खेल्न गएका थिए । यति भएपछि साथी भनेर गफ दिएको कसले पत्याउँछ ? - सम्पूर्ण साप्ताहिक

प्रतिक्रिया दिनुहोस