लिङ्ग कुकुरले खायो

पत्रपत्रिकाबाट

सोमबार, ०६ माघ २०७६, ०६ : ५९
लिङ्ग कुकुरले खायो

काठमाडौँ । चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिँ लेखेनन् ।

प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ । सन्तोष केसी अहिले १५ वर्षका भए ।

कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो । केसी अब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो । गरिब केसी परिवार यतिबेला सहयोगको याचना गर्दै चारैतिर हात फिँजाइरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस