वायु सेवा निगमका अध्यक्षले दिए राजिनामा

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, १७ : ४८
वायु सेवा निगमका अध्यक्षले दिए राजिनामा

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजिनामा दिएका छन् ।

खरेलले आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका स्रोतले जनाएको छ ।

गतवर्ष निगमले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको आवाज उठिरहेका बेला पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस