अन्नपूर्ण आधार शिविरबाट कोरियाली नागरिक बेपत्ता, एक नेपालीसहित पाँच जनाको उद्धार

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, १२ : २१
अन्नपूर्ण आधार शिविरबाट कोरियाली नागरिक बेपत्ता, एक नेपालीसहित पाँच जनाको उद्धार

काठमाडौँ । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका ४ कोरियाली नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई नेपाली पथप्रदर्शकपनि रहेका छन् । 

खोजी कार्य जारी राखेपनि केही फेला पार्न नसकिएको उद्धार टोलीले जनाएको छ । प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गर्न सफल भएको जानकारी दिए । 

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको छ । उनीहरुलाई हेकिकप्टरबाट पोखरा ल्याउने तयारी भइरहेको छ । 

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र दुई जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

कोरियाली नागरिकहरू ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन  सम्पर्कमा छैनन्।बेपत्ता हुने अन्य २ जना नेपालीको पहिचान खुल्न बाँकी छ।

उनीहरू जनवरी १५ मा ट्रेकिङका लागि त्यसतर्फ गएका थिए। उद्धारका लागि आधार शिविरको छोम्रोङबाट स्थानीयहरू पनि घटनास्थल पुगिसकेका छन्। धेरै हिमपातका कारण घटनास्थलमा बाक्लो हिउँ जमेको छ । 
 

प्रतिक्रिया दिनुहोस