नातेदारलाई खबर छाडि प्रमिला अर्कै व्यक्तिसँग गएको खुलासा

सोमबार, २८ पुस २०७६, १९ : ५४
नातेदारलाई खबर छाडि प्रमिला अर्कै व्यक्तिसँग गएको खुलासा

चितवन । श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्कविहिन भएकी चितवनकि एक महिला अर्कै व्यक्तिसँग विहे गरेर गएको पाइएको छ । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी थिइन ।

प्रमिलाले आफु यसअघि भीडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यसअघिनै छाडेकी हुन । उनका नातेदारका अनुसार मंसिर २४ गत्ते घरबाट हिडेपछि फोन गरेर आफु ति व्यक्तिसँग गएको र छोराछोरीलाई हेर्दैगर्नु भनेर भनेको बताएका छन ।  

उनले त्यसपछि १ पटक फोन गरेर सवैसँग रुँदै कुरा गरे पनि कहाँ र कोसँग गएको भन्नेबारे केहि खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान भईरहेको जनाएको छ । प्रमिलाले नगद र सुन गरी करिव ७ लाख बराबरको सम्पत्ति लगेर गएको उनका श्रीमान सन्तोष सुनारले बताए ।

उनले श्रीमानको नागरीक्ता पनि लिएर गएका छन भने बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क्विहीन बनेकी सन्तोषले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि खोजीका लागी अहिले घर फर्किका छन । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकी छोरी पनि रहेका छन । 
 

प्रतिक्रिया दिनुहोस