पुरानो मेडिकल कलेज र उद्योग वाणिज्य संघबीच स्मरणपत्र नवीकरण

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०७६, १५ : १६
पुरानो मेडिकल कलेज र उद्योग वाणिज्य संघबीच स्मरणपत्र नवीकरण

चितवन । पुरानो मेडिकल कलेज चितवन र उध्योग बाणिज्य संघचितवनबिच आपसी सहकार्यसम्बन्धी स्मरणपत्र नवीकरण भएको छ।

गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पुर्ण बैध सदस्यहरुलार्इ निस्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो।यसबर्ष उक्त स्मरणपत्र परिमार्जन सहित हस्ताक्षर भएको उध्योग वाणिज्य संघका स्वास्थ्य समिति प्रमुख श्री शिरीषपन्तले बताउनुभयो।

निजी क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा  अब उध्योग बाणिज्य संघ चितवनका सम्पुर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पुर्ण सेवामा २० प्रतिशत छुट पाउनेछन्।

स्मरणपत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र निमित्त निर्देशक डा राजेश यादवले र उध्योग बाणिज्य संघका तर्फबाट अध्यक्ष  श्रीसहनलाल प्रधान तथा स्वास्थ्य बिभाग प्रमुख श्री शिरीष पन्तले हस्ताक्षर गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस