भरतपुर कारागारका एक कैदीको निधन, वैशाखयता ७ जनाको ज्यान गयो

बुधबार, २३ पुस २०७६, २० : २३
भरतपुर कारागारका एक कैदीको निधन, वैशाखयता ७ जनाको ज्यान गयो

चितवन । भरतपुर कारागारका क्यान्सर पीडित एक कैदिको निधन भएको छ । हेटौँडा १९ का ७१ वर्षीय चन्द्र बहादुर व्लोनको क्यान्सरका कारण आज निधन  भएको भरतपुर कारागारले जनाएको छ । 

कारागार कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार चन्द्र जिब्रोका क्यान्सरबाट पीडित थिए । चन्द्र लागुऔषध मुद्धामा २०७५ साल माघ २२ गत्ते कारागार चलान भएका थिए । उनलाई २ वर्ष कैद र २५ हजार जरिमाना तोकिएको थियो ।

२०७६ सालयता मात्रै भरतपुर कारागारमा क्यान्सरका कारण ७ जना कैदिको निधन भईसकेको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस