इराकको अमेरिकी क्याम्पमा कार्यरत नेपाली जोखिममा

मंगलबार, २२ पुस २०७६, ०७ : २९
इराकको अमेरिकी क्याम्पमा कार्यरत नेपाली जोखिममा

काठमाडौं । इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको कान्तिपुर दैनिकमा खबर छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् ।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएका टोलीमा नेपाली सात जना छन् ।

क्याम्पभित्र नेपालीहरु खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न छन् । अमेरिकी बेस क्याम्पबाहिर कार्यरत नेपालीलाई भने रोजगारदाता कम्पनीले नआत्तिन भनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकमा रहेका नेपालीबारे सूचना संकलन गर्न सोमबार संयन्त्र बनाएको छ । इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि इराकमा रहेका नेपालीसँग सम्पर्क बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस