चितवन हात्ती महोत्सव सकियो : कुलमान घिसिङ सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, १८ : ५६
चितवन हात्ती महोत्सव सकियो : कुलमान घिसिङ सम्मानित

चितवन । सौराहामा सञ्चालन भएको चितवन हात्ती महोत्सव आज सकिएको छ । समापन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको छ । 

क्षेत्रीय होटल संघ नेपाल चितवनले घिसिङलाई समापन कार्यक्रममा सम्मान गरेको हो । कुलमान घिसिङले लोडसेडिङ हटाएका कारण पर्यटन क्षेत्र फष्टाउँदै गएकाले उनको योगदानको कदर गर्दै सम्मान गरिएको संघका अध्यक्ष दिपक भट्टराईले बताए । 

हात्ती महोत्सवको आज अन्तिम दिन बिहानै देखिको वर्षाले प्रभावित भयो । हात्ती पोलो र छावाहरुको फुटबलको फाइनल खेल पनि वर्षाका कारण हुन सकेन । दुवै खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । हात्ती पोलोको उपाधि खैरहनी नगरपालिकाले उचालेको छ । रत्ननगर नगरपालिकालाई १ शुन्यले पराजित गर्दै उपाधि उचालेको प्रतियोगिता संयोजक अन्जन पाण्डेले बताए । 

यस्तै छावाहरुको फुटवलको उपाधी चितवन उद्योग संघले जितेको छ । पौष १० गतेदेखि सञ्चालन भएको महोत्सवको नेकपाका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस