राष्ट्रियसभामा दोहोरिन बलराम बाँस्कोटाको दौडधुप तिब्र

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, ०९ : २३
राष्ट्रियसभामा दोहोरिन बलराम बाँस्कोटाको दौडधुप तिब्र

काठमाडौं । बलराम बाँस्कोटा नेकपाभित्र वामदेव गौतमका राइट हयाण्ड । किसान महासंघका संयोजक पनि हुन्, उनी । वामदेव गौतमकै कोटामा उनी राष्ट्रिय सभामा पुगेका हुन् ।

राष्ट्रियसभाको गोलाप्रथामा उनले २ वर्षे अवधीको गोला ताने । जसकारण उनको पदावधी सकिदैछ् । ९ माघमा उनी सहित १८ जनाको स्थानमा चुनाव हुदैछ । एक जना युवराज खतिवडाको हकमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गरेका बाहेक अन्य १८ जनाको लागि चुनाव हुदैछ ।

नेकपाले हिजो देखि सचिवालयमा राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका लागि छलफल पारम्भ गरेको छ । पहिले जसरी पार्टीका सम्बन्धित प्रदेश र तल्ला कमिटिवाट नाम मागेर छलफल गरेको छैन् । सिधै केन्दबाटै प्रस्तावित नाममा सचिवालयमा छलफल शुरु भएको छ । नेताहरुका आ–आफना सूचि सचिवालयमा पेश भएको नेकपाका एक सचिवालय सदस्यले बताए ।

बिहिवार चार घण्टा बसेको सचिवालयमा नेताहरुले आ–आफना नाम प्रस्तावका रुपमा आएपछि वामदेव गौतमले भने बलराम बाँस्कोटालाई दोहो¥याउन प्रस्ताव गरेका छन् । वाँस्कोटाले पनि नेकपा सचिवालय बैठक अगाडी नेता गौतमलाई हात्तीसारस्थित हिमालयन कफी सपमा भेट गरेका थिए । त्यसपछि गौतम सचिवालय बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

गौतमले बाँस्कोटालाई दोहो¥याउन गरेको लबिङ सचिवालयमा प्रस्तावका रुपमा पुगेपनि उनी दोहोरिने सम्भावना नरहेको नेता झलनाथ खनालले बताए । ‘कोही पनि साथीहरु दोहोरिनुहुदैन, नयाँ साथीहरुले अवसर पाउनुहुन्छ,’ नेता खनालले भने,–‘अब कस–कसलाई उम्ेमदवार बनाउने भन्ने शुक्रवार टुंगो लाग्छ ।’

हिजो नटुंगिएको सचिवालय बैठक अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यो सचिवालयले उम्मेदवार चयन टुंगो लगाउने नेताहरुले बताएका छन् । नेकपाले १८ सिटमा हुन लागेको चुनावमा १६ उम्मेदवार चयन गर्नुपर्नेछ । दुई सिटमा भने उसले राजपासँग चुनावी तालमेल गरेको छ । 

प्रतिक्रिया दिनुहोस