चितवनमा तमु ल्होसारको रौनक (२७ तस्विरमा हेर्नुहोस्)

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, १५ पुस २०७६, १६ : १५
चितवनमा तमु ल्होसारको रौनक (२७ तस्विरमा हेर्नुहोस्)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । आज पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाइरहेका छन् । तमु ल्होसार गुरुङ समुदायको प्रमूख चाड हो ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

तमु ल्होसारका अवसरमा चितवनको भरतपुर महानगरपालिका २ स्थित तिनखोले गुम्बामा चितवन आसपासका गुरुङ समुदायले आज भव्य कार्यक्रम आयोजना गरी यो पर्व मनाइरहेका छन् । सो कार्यक्रममा प्राय चितवनका सबै स्थानबाट गुरुङ समुदायको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तमु ल्होसारको दिन सरकारी विदा कटौती गरेकोमा गुनासो गरेका थिए ।

हेर्नुहोस्, तस्विरमा :

 

प्रतिक्रिया दिनुहोस