काठमाडौं । काँग्रेस महामन्त्री डा. शशांक कोइरालालाई पार्टी सभापति विरुद्ध नरम नीति अवलम्बन गरेको आरोप संस्थापन इतर समुहले लगाउदै आएका थिए । देउवासँग भित्री मोर्चाबन्दी कायम गरेर शशांकले देउवाविरुद्ध मोर्चा खोल्न नसकेको आरोप लागिरहेको थियो ।
कोइराला, पौडेल पक्षले महामन्त्री शशांकले जति लडनुपर्ने हो, सो अनुसार नलड्ेको आरोप महामन्त्री शशांकलाई लाग्दै आएको थियो । देउवाको साथ लिएर आगामी महाधिवशेनमा आफु पार्टी सभापति बन्ने र देउवाकी श्रीमती आरजु राणालाई महामन्त्री बनाउने गरी भित्री चलखेलमा लागेको आरोप पनि देउवा इतर पक्षका नेताहरुले नै आरोप लगाउदै आएका थिए । तर फेरि आउने महाधिवेशनमै पनि काँग्रेसभित्र बूढा काँग्रेसीहरुले नै नेतृत्वको दाबी गर्ने भएपछि डा. शशांक कोइराला पनि देउवाविरुद्ध अहिले खुलेर बोल्न थालेका छन् ।
उनले देउवाले काँग्रेसमा सभापति नजित्ने दाबी गरेका छन् । आफु निकटस्थ नेताहरुलाई उनले त्यस्तो बताउने गरेको उनी निकट नेताले वताए । उनले कोइराला परिवार, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमान सिंह लगायत नेताहरु एकातिर गठबन्धन गरेर आगामी महाधिवशेनमा जानका लागि तयारी अवस्थामा रहेको र यो अवस्थामा देउवाले जति सुकै गरेपनि सभापति नजित्ने महामन्त्री कोइरालाको तर्क छ । ‘हामी सात–आठजना एकठाउँ भएर अघि बढ्यौं भने शेरबहादुर देउवाले जे गरे पनि चुनाव जित्दैनन् ।
हामी हाम्रो भविष्य हेरेर एकठाउँ रहनुको विकल्प छैन् ।’ शशांंकले आफुलाई भेट्न पुग्ने काँग्रेस नेताहरुसँग भन्ने गरेका छन्,–‘फेरि पनि शेरबहादुर देउवा नै सभापति हुने हो भने पार्टी नै समाप्त हुन्छ । त्यो कुरा सबै नेताले बुझ्नुप¥यो ।’ सभापतिले पौडेल, कोइराला र सिटौला पक्षले बहिष्कार गर्दा गर्दै पनि केन्द्रीय समतिको बैठकबाट गरेको निर्णय नसच्चाएरसम्म देउवास“ग वार्ता समेत आफुहरुले नगर्ने बताउन थालेका छन् । आउने महाधिवशेनमै देउवास“ग आफुहरुको भेट हुने भन्दै उनले देउवाले खुसुक्क बोलाउदैमा सभापति देउवालाई भेट्न नजाने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०७६, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?