पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्दैछौं : योगेश भट्टराई

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०७६, ११ : २७
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्दैछौं  : योगेश भट्टराई

पोखरा । नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्न लागेको बताएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका छन् । 

`नोक्सान हुने ढंगले गर्दैनौं,´ उनले भने, `प्रचलित मुल्यमा मु अब्जा दिन्छौं ।´ स्थानीयहरुलाई इज्जतदार रुपले अर्को ठाउमा लैजाने उनले बताए । 

विमानस्थलको गाइडपार्क, एप्रोचपार्क, माइक्रोलोकिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको उनले सुनाए । 

१ सय ४ रोपनी जग्गामा १२ घर पनि पर्ने छन् । कुनैपनी संरचना कन्टिन्युअस प्रोसेस भएको हुनाले प्रविधी पनि थप गर्दै लै जादा जग्गा अधिग्रहण गर्नुपर्ने उनको भनाई छ । 

२०३२ मा विमानस्थलको लागि जग्गा अधिग्रहण सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस