आज १२७ औं माओ दिवस : नेकपाको छैन सम्झने कुनै कार्यक्रम

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, ०९ : ३६
आज १२७ औं माओ दिवस : नेकपाको छैन सम्झने कुनै कार्यक्रम

file photo

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नेता कमरेड माओको आज १२७ औं जन्म दिवस । नेपालका कम्युनिष्टहरुले चिनियाँ क्रान्तिका नायक माओत्से तुङको १२७ औं जन्म दिवस आज विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालका कम्युनिष्टहरुले पनि डिसेम्वर २६ अर्थात् पुस १० गते को यो दिनमा विविध कार्यक्रम गरी माओ दिवस मनाउँदै आईरहेका थिए ।

विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्ति मान्दै सम्झने गर्दछन् । यता नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदै आएका थिए । माओवादी धारका कम्युनिष्टहरुले त अझ यो दिवसलाई कुनै न कुनै रुपमा कार्यक्रम गरी सम्झने गरेका थिए । तर पार्टी एकतापछि सत्तारुढ नेकपाले यो पटक माओ दिवसका दिन केन्द्रीय कुनै कार्यक्रम राखेको छैन ।

‘माओ दिवसमा कुनै केन्द्रीय कार्यक्रम छैन’ नेकपा केन्द्रीय कार्यालयका सचिव इश्वर रिजालले भने । माओ दिवसमा केन्द्रीय कार्यालयले कुनै कार्यक्रम नराखेकोमा कतिपय नेता कार्यकर्ताले भने सहज लिन सकिरहेका छैनन । विश्व कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओका योगदानहरूलाई ‘माओवाद’ का रूपमा संश्लेषण गरिएको छ । औद्योगिक र पुँजीवादी देशमा समाजवादी क्रान्तिको कार्यदिशा प्रतिपादन गर्न र सफल कार्यान्वयन गर्न, साम्राज्यवादको व्याख्या रुसी कम्युनिस्ट नेता महान् लेनिनले गरे ।

अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा ‘किसानमा भर परेर क्रान्ति गर्नुपर्ने र त्यसको स्वरूप तिनै देशका क्रान्तिकारीले ठोस गर्नुपर्ने’ लेनिनको धारणा थियो । लेनिनको त्यो अभिभारालाई चिनमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले पूरा गरे । लेनिनले एउटा मात्रै देशमा पनि समाजवादी क्रान्ति सम्भव हुने तर क्रान्ति निरन्तर जारी राख्नुपर्ने विचार अघि सारेका थिए । माओकै समयमा सोभियत सङ्घमा प्रतिक्रान्ति भयो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थाल्यो ।

रुस र आफ्नै पार्टीको दक्षिणपन्थी हावाका विरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरेका थिए । त्यसले चीनलाई एउटा शक्तिशाली देश बनाउनुका साथै सर्वहारा वर्गलाई बलियो हतियार दियो । उनै महान ब्यक्ति माओलाई विश्वभरीनै कम्युनिस्ट विचारक र आस्थाको रुपमा मनाउने गरिन्छ । माओको जन्म सन् १८९३ डिसेम्वर २६ का दिन चिनको साओसानमा भएको थियो भने मृत्यु सन १९७६ सेप्टेम्बर ९ मा  चिनको बेइजिङमा भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस