सत्यनिरुपणमा ओली, प्रचण्ड र देउवा सहमति नजिक

प्रचण्ड चितवनबाट फर्केपछि पूनः एकपटक छलफल गरी अन्तिम निर्णय

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १० : ०४
सत्यनिरुपणमा ओली, प्रचण्ड र देउवा सहमति नजिक

काठमाडौं । शान्ति प्रक्रियाका वाँकी काम टुंगोमा पु¥याउन प्रमुख दुई राजनीतिक दल सहमति नजिक पुगेका छन् । तत्कालिन माओवादी जनयुद्दका क्रममा घटेका घटनाहरुका विषयमा सत्यनिरुपण गर्ने र बेपत्ता पारिएका नागरिकहरुको खोजविन गरी यथार्थ सार्वजनिक गर्ने दुई कार्यभार मात्र अब बाँकी छन् ।

सेना समायोजन, हतियार व्यवस्थापन हुदंै अन्य शान्ति प्रक्रियाका कामले टुंगो पाएको र युद्धरत पार्टी समेत संविधानसभामार्फत शान्ति प्रक्रियामा आईसकेको अवस्थामा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ताको खोजबिनको कार्यमात्र बाँकी छ । यी कामका लागि सरकारले दुई छुटाछुटै आयोग बनाउने संविधानमै ब्यवस्था छ । यसका लागि अघिल्लो पटक आयोग बनाएपनि त्यसले काम नगरेकारले फेरि नयाँ आयोग बनाउने, आयोगका केही ऐनहरु संसोधन गर्ने र छिटो निश्र्कषमा पु¥याउने गरी दलहरु छलफलमा छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मंगलबार साँझ प्रमुख तीन नेता र अन्य केही सहयोगी नेताहरुका बीचमा यस विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए । शान्ति प्रक्रियाका यी बाँकी दुई काम टुंगो लगाउन गम्भिर रहेको र छलफल सकारात्मक भएको प्रधानमन्त्रीको नीजी सचिवालय स्रोतले बताएको छ ।

नेताहरुबीच बालुवाटारमा झण्डै दुई घण्टा हिजो यस विषयमा केन्द्रीत रहेर छलफल चलेको थियो । त्यो छलफल पछि अध्यक्ष प्रचण्ड आज चितवन पुगेका छन् । उनी आज चितवनमै रहने र भोलि मात्र काठमाडौं फर्किने कार्यक्रम छ । त्यसपछि फेरि प्रमुख तीन दलका नेताहरु बसेर आयोग गठनलाई अन्तिम निर्णयमा पु¥याउने तयारी भएको छ । 
 

प्रतिक्रिया दिनुहोस