समाजवादी पार्टी सरकारबाट बाहिरिदैं, कानुन मन्त्री यादवले आजै राजीनामा दिने

मंगलबार, ०८ पुस २०७६, १३ : ५८
समाजवादी पार्टी सरकारबाट बाहिरिदैं, कानुन मन्त्री यादवले आजै राजीनामा दिने

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवं  कानुनमन्त्री उपेन्द्र यादवले मन्त्री परिषद बैठकमा राखेको संविधान संशोधनको प्रस्ताव अस्वीकार भएपछि सरकार छाड्ने भएका छन् । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टी सरकारबाट बाहिरन थालेको हो ।

श्रोतका अनुसार मन्त्री यादवले केही बेरमा राजीनामा घोषणा गर्दैछ । आज बिहान बसेको पार्टी बैठकले सरकार छाड्ने निर्णय गरेको थियो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो । मन्त्री यादवले हिजोको मन्त्री परिषद बैठकका संविधान संशोधनको पस्ताव लिखित रुपमै राख्न खोज्दा प्रधानमन्त्री ओलीले ठाडैं अस्वीकार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस