प्रदेश ३ मा सानुकुमार श्रेष्ठ सभामुखमा चयन

शनिबार, २७ माघ २०७४, १३ : ५१
प्रदेश ३ मा सानुकुमार श्रेष्ठ सभामुखमा चयन

हैटौंडा  ।  प्रदेश ३ मा सभामुख निर्विरोध चयन भएका छन् । काठमाडौं २ क बाट निर्वाचित प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।
यद्यपी यसको औपचारिक घोषणा ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट हुनेछ ।
श्रेष्ठका प्रस्तावमा माअ‍ोवादी सांसद शालिकराम जमरकट्टेल र समर्थकमा एमाले सांसद
रामेश्वर फुयाल छन् ।

प्रतिक्रिया दिनुहोस