‘ए’ डिभिजन लिगमा संकटाको पहिलो जित

शनिबार, ०५ पुस २०७६, २० : ५४
‘ए’ डिभिजन लिगमा संकटाको पहिलो जित

काठमाडौं । संकटा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले एनआरटी क्लबलाई १–० गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि दीपेश आलेमगरले गोल गरे । दीपेशले नवौं मिनेटमा गरेको गोलनै संकटाका लागि प्रयाप्त बन्यो । दोस्रो हाफमा लगातार गोलको अवसर बनाएको एनआरटीको प्रयास सफल बन्न सकेन । 

एनआरटीको हाफ दर्जन प्रयासमा संकटाका गोलरक्षक विनय श्रेष्ठ बाधक बनेका थिए । जितसँगै संकटाले तीन अंक बनाएको छ । एनआरटीको एक अंक छ । गतबर्षको लिगमा अन्तिममा परेको एनआरटीले पहिलो खेलजितेपनि दुई अंक घटाईएको हो ।

प्रतिक्रिया दिनुहोस