पेप्सी उत्पादक बेभरेज विरुद्ध ६४ करोड राजस्व छलीको मुद्दा

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ पुस २०७६, ०६ : ५६
पेप्सी उत्पादक बेभरेज विरुद्ध ६४ करोड राजस्व छलीको मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा विभागले मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

राजस्वले गत वर्षदेखि नक्कली भ्याट बिल प्रयोग गरेको आशंकामा झन्डै ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन गरिरहेको छ। वरुण वेभरजे चर्चित पेय पदार्थ पेप्सीको उत्पादक हो। सय रुपैंयाको नक्कली भ्याट बिल प्रयोग गर्दा १३ रुपैयाँ भ्याट र त्यसमा २५ प्रतिशत आय कर गरी कूल ३८ रुपैयाँ कर छली हुन्छ। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस