देवघाटधाममा माघे सक्रान्ती मेला व्यवस्थापनको लागि तयारी सुरु

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०७६, २१ : ०४
देवघाटधाममा माघे सक्रान्ती मेला व्यवस्थापनको लागि तयारी सुरु

तनहुँ । नेपालकै धार्मिक स्थान भनेर देश तथा बिदेशमा परिचीत देवघाटधाममा माघे सक्रान्ती मेला व्यवस्थापनको लागि तयारी सुरु गरिएको छ ।

मेला व्यवस्थापनको तयारीको लागि देवघाट क्षेत्र विकास समितिको आयोजनामा विहिबार तनहूँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालाहरुको बृहत  बैठक देवघाटमा सम्पन्न भएको छ । 
बैठकले माघे सक्रान्ती मेलालाई सव्य भव्य व्यवस्थित,मर्यादित र प्रभावकारी बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा मुल समिति र २२ वटा विभिन्न उपसमितिहरु गठन गरेको छ । 

बैठकले सुरक्षा प्रबन्ध, प्राथमिक उपचार, भोजन तथा आवास, जलविहार, सवारी पार्किङ, सरसफाई, सजावट, प्रचार प्रसार लगायतका २२ वटा उप समितिहरु निर्माण गरेको छ ।

माघे सक्रान्ती मेलामा देवघाटमा पाँच लाख भन्दा बढि तिर्थालु भक्तजनजरु  त्रिशुली र कालीगण्डकीको संगम बेणीमा स्नान गर्न आउने हुनाले भक्तजनको सुरक्षा र व्यवस्थापनको लागि ति समितिहरु शुक्रबारदेखी नै सक्रिय रुपमा परिचालन हुने  समितिका अध्यक्ष पौडेलले बताए । भक्तजनको सुरक्षाकोलागि सुरक्षा व्यवस्थापनको लागि तिन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने तथा कुरिनटार स्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणसँग पनि समन्वय गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस