दुई डीआईजीको सरुवा, विश्वराज पोखरेल रानीपोखरीमा

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १९ : २३
दुई डीआईजीको सरुवा, विश्वराज पोखरेल रानीपोखरीमा

फाईल फोटो

काठमाडौँ । प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । 

बुधबारको गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गर्ने निर्णय भएको हो ।यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । 

एसएसपीबाट एकैसाथ डीआईडीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए । प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए । 
यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए । अब फेरि थापा प्रवक्ताको भूमिकामा हुने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस