नेकपा नेता नारायण दाहाल भन्छन् : हामी बढी नै हौंसिदा केही सिट गुमायौं

सोमबार, २३ मंसिर २०७६, ०९ : २३
नेकपा नेता नारायण दाहाल भन्छन् :  हामी बढी नै हौंसिदा केही सिट गुमायौं

काठमाडौं । सत्तारुढ दल नेकपाले १४ मंसिरमा भएको उपचुनावको सबै ठाँउको समिक्षा रिपोर्ट केन्द्रमा बुझाउन दिएको निर्देशन अनुसार नेकपा प्रदेश नम्वर ३ ले  आईतबार रिर्पाेट केन्द्रीय कार्यालयमा बुझाएको छ । प्रदेश कार्यालयले प्रदेश भित्रका उपचुनाव भएका एउटा प्रदेश सभा र ७ ओटा वडा अध्यक्षको चुनावको समिक्षा रिपोर्ट केन्द्रीय कार्यालयमा बुझाएको हो । चुनाव भएको क्षेत्रको समिक्षा सहित जिल्लाका इन्चार्ज सहइन्चार्ज, अध्यक्ष र सचिवलाई प्रदेश कार्यलयमा बोलाई शनिबार समिक्षा गरेको थियो ।

शनिबार प्रदेश कार्यालयलाई सम्बन्धित जिल्ला कमिटिले बुझाएको रिपोर्टलाई प्रदेश अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले आइतबार छलफल गरी केन्द्रीय कार्यालयमा रिपोर्ट वुझाएको थियो । ३ नम्बर प्रदेश अन्र्तगत एउटा प्रदेश सभामा भएको चुनावमा नेकपा पराजित हुन पुगेको थियो । ७ वडा मध्ये चितवनको एउटा पहिले जितेको वडा नेकपाले गुमाएको थियो भने पहिले काँग्रेसले जितेको सिन्धुपाल्चोकको वडा भने आफनो पोल्टामा ल्याउन सफल भएको थियो ।

चुनावी समिक्षा गर्दा कस्तो देखियो प्रदेश ३ को अवस्था ? प्रदेश अध्यक्ष नारायण दाहाल भन्छन् :–प्रदेश ३ का उपचुनाव भएका जिल्लाका सबै जिल्लाका पार्टी पदाधिकारीलाई बोलाएर हामीले पहिले समिक्षात्मक रिपोर्ट लिएका थियौं । र त्यसलाई आइतबार मैले र प्रदेश सचिव आनन्द पोखरेलले केन्द्रीत गरेर पार्टी केन्द्रीय कार्यालयमा पठाउने काम ग¥यौं । हाम्रो प्रदेश भित्रका ८ वटा सिटमा उपचुनाव भएको थियो । प्रदेश सभाको एउटा र अरु वडाका अध्यक्षको लागि चुनाव भएको थियो । हामीले ति सवैको आन्तरिक समीक्षा ग¥यौं । पहिले जितेको ठाँउ चितवनको एउटा वडा र भक्तपुरको प्रदेश सभा सदस्य हाम्रो गुम्यो । एउटा वडा अध्यक्ष नयाँ जितेर ल्याइयो । सिन्धुपाल्चोकको वडा आयो, चितवनको वडा गयो । प्रदेशसभा गुमाइहालियो ।

प्रदेश सभा सम्म गुमाउँदा नमिठो र नमज्जा त हुने नै भयो । हामी कँहा चुक्यौं समीक्षा गरेर त्यसबाट पाठ सिक्नुपर्ने भयो । मुख्य कुरा–कँहा चुक्यौं भन्ने समिक्षा गर्दा मान्छेले अन्र्तघात भन्छन्, त्यस्तो त केही पनि देखिएन् । जनताको बीचमा जाने कुरामा नै हाम्रो मुख्य कमजोरी रहयो । जनतालाई विश्वासमा लिन पार्टी चुक्यो । पार्टी चुक्नुमा निम्न खालका कारणहरु देखिए, हामीले समिक्षा गर्दा । पहिलो, हामी दुई पार्टी एकताको प्रक्रियामा गत वर्ष आएका हौं । तर त्यो एकताको प्रक्रिया तलसम्म टुंगिएको छैन । चुनावमा जाँदा एकताबद्ध भएर जाने हुन्छ । कमिटिको आदेश भन्ने भएन । त्यसले गर्दा पनि अप्ठयारो भयो ।  कमाण्ड पार्टीको भएन, चुनाव प्रचार प्रसार तथा परिचालन कमिटि जस्तो बनाइयो, त्यसैको कमाण्ड मात्र भयो । त्यसमा हाम्रो आफनै आन्तरिक कमजोरी रह्यो ।

दोश्रो, हामी वढी हौसियौं, जितिन्छ भन्ने भयो । त्यो स्वभाविक पनि थियो । हामी गत चुनावमा स्थानिय तहमा दुवै अलग अलग रुपमा चुनाव लडेका थियौं । प्रदेश सभा चुनावमा गठबन्धन गरेर लडेका थियौं । तर यो पटक पार्टी नै एउटै भएर लडेका थियौं । यसले हामीलाई बढी नै हांैस्याएको थियो । हाम्रा कमजोरी कँहा कँहा छन् भनेर हामीले ध्यान केन्द्रीत गर्न सकेनौं । हाम्रा प्लान विपक्षीले थाहा पाए, विपक्षीको प्लान तिर ध्यान दिइएन ।

संसदीय निर्वाचन भनेको विपक्षी प्लानलाई क्रस गर्ने हो । नयाँ योजना बनाएर नयाँ ढंगले जाने हो । हाम्रा योजना बाहिर एक्सपोज भएपछि विपक्षीले त्यही अनुसारको रणनीति बनाए, हामीले त्यसलाई क्रस गर्न सकेनौं । जस्तोकी, सरकारको कार्ययोजनामा विपक्षीले कँहा कँहा विरोध गर्छ भन्ने थाहा हुदैन नी  । त्यस्तै जस्तो भयो । जिल्लाको हकमा विशेष गरी भक्तपुर र चितवनका उपचुनावमा बढी केन्द्रीत भएर हाम्रा समिक्षा भए । जितेकोमा समिक्षा गर्ने कुरा त्यक्ति भएन । हारेकोमा कही न कही कमजोरी छ । त्यसवाट पाठ सिकेर एकताबद्ध भएर जानुपर्छ । जुन आँकलन हामीले गरेका थियौं, त्यो आँकलनमा हाम्रो प्रदेश सभा गुम्यो । चितवनको एउटा वडा गुम्यो ।

चुनावका क्रममा अन्तरघात हुन्छ, पूर्व एमाले उठेकामा पूर्वमाओवादीबाट, पूर्वमाओवादी उठेकामा पूर्वएमालेबाट भन्ने प्रचार पनि थियो । तर बिल्कुल सून्य जस्तो, त्यो कही देखिएन । तर उम्मेदवारी दिन खोजेका साथीहरु केही ठाँउमा असन्तुष्ट भए भन्ने आयो, त्यो पनि भक्तपुर बाहेक कँही आएन् । आफनो मत सुरक्षित गर्न मिलाउनु पर्ने प्राविधिक पक्ष अलिक पुगेन हाम्रो । यसबाट हामीलाई ठूलो शिक्षा प्राप्त भएको छ । अब, यसबाट सिकेर अगाडी जानु र अझ एकताबद्ध हुनु र जनतासँग जोडिएर जनताको विश्वास जितेर अगाडी बढ्नुको विकल्प छैन ।
 

प्रतिक्रिया दिनुहोस