चितवनका सिडिओ बस्नेतको १९ महिना : कति सफल, कति असफल !

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, २० : २४
चितवनका सिडिओ बस्नेतको १९ महिना : कति सफल, कति असफल !

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत विभिन्न काण्डैकाण्डकाबीच सफल भएका छन् । जटिल परिस्थितिलाई चिर्दै आप्mनो १९ महिने चितवन बसाइँका क्रममा उनले थुप्रै सुधारका कामहरु गरेका छन । सेवालाई प्रभावकारी बनाउन सफल भएका छन । पर्सामा सरुवा भएका प्रजिअ बस्नेतले जिल्लामा आन्तरिक तथा बाह्य सुधारका थुप्रै काम गरेका हुन् ।

सिडिओ बस्नेत केही समयअघि गृहमन्त्रालयले गरेको ७७ वटै जिल्लाको कार्यसम्पादन मूल्याङकनमा उत्कृष्ट चौथो स्थानमा पर्न सफल भएका थिए । जिल्लाको सुशासन, अपराध न्यूनीकरण र संघीयतामा सरकारी कार्यालयको सेवा प्रवाहमा सुधारलगायत विभिन्न कोणबाट सफल भएको बस्नेतको दावी छ ।

उनी २०७५ बैशाख २३ गत्ते चितवन सरुवा भएर आएका हुन । उनले आप्mनो चितवन बसाईँका क्रममा आन्तरिक र बाह्य सुधार गरी विभिन्न सुधारका कामहरु गरेका छन । 

फ्रि–वाईफाईदेखि स्तनपान कक्षसम्म
प्रजिअ बस्नेतले जिल्ला प्रसासन कार्यालय चितवन सेवाग्राहीमैत्री कार्यालयको रुपमा स्थापित गर्न सफल भएका छन् । सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउँदै प्रभावकारी बनाउन सिडिओ बस्नेतले विभिन्न आन्तरिक सुधारका कामहरु गरेका छन् । उनले प्रशासन कार्यालयको बाहिर शान्त वातावरणमा बस्ने बातावरण निर्माण गरेका छन ।

कार्यलय परिसरमा विश्रामस्थल, खानेपानीको व्यवस्था, फ्रि वाइफाइ, डिजिटल नागरिक बडापत्र, सेवाग्राहीका लागी टिभी राखिदिएका छन भने सेवाग्राहीले देख्नेगरी कर्मचारीको सम्पर्क नम्बरसहितको फोटो बाहिर टाँसी दिएका छन । आमा सेवाका लागि स्तनपान कक्ष र प्राथमिक उपचार कक्षको समेत व्यवस्था गरेका छन् ।
कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित सिसि क्यामेराबाट निगरानी गर्नुका साथै बिचौलिया अन्त्यका लागि प्रशासन कार्यालय परिसरमै न्यूनतम शुल्कमा फोटो खिच्ने र निवेदन लेख्ने स्थानको व्यवस्था तथा टोकन सिस्टम पनि लागू गरेका छन् । 

यस्तै कार्यलय परिसरमा बैंकिङ सुविधाको व्यवस्था पनि भएको छ । सेवाग्राहीले सेवा वापतको शुल्क बैंकमा गरिरहेका छन् । अब कर्मचारीले पैसाको कारोवार गर्न नपर्ने व्यवस्था गरेको सिडिओ बस्नेतले बताए । कर्मचारीले पैसाको कारोवार गर्दा हुनसक्ने घुस लिने दिने र भ्रष्टाचार सदाका लागि बन्द भएको बस्नेतको भनाइ छ ।

बाह्य सुधार
जिल्लामा विभिन्न काण्डहरु भए पनि ठुलो क्षति हुनबाट रोक्न सफल भएको सिडिओ बस्नेतको भनाइ छ । 
चितवन जस्तो रणनैतिक जिल्लामा अपराध नियन्त्रणलाई विशेष ध्यान दिएका कारण ठूलो क्षति नहुनुका साथै शान्ति सुव्यवस्था कायम गर्न सफल भएको कार्यालयको दावी छ । विपद् व्यवस्थापन र विकास निर्माणमा सम्बन्धित निकायसँग प्रभावकारी रुपमा समन्वय गरेका कारण भ्रष्टाचार र ठूला जोखिमहरु न्युनीकरणमा सहज भएको सिडिओ बस्नेतको भनाइ छ ।

वाइपास रोड विस्तार, अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा उत्पन्न समस्यालाई सहज  रुपमा व्यवस्थापन गरिएको कार्यालयको प्रगति विवरणमा उल्लेख छ । सिडिओ बस्नेतले नेपाल भारत सिमा क्षेत्रमा नियमित अनुगमन गरिएको र सिमा क्षेत्रलाई जिपीएस सिस्टममा समेटिएको बताए ।

पूरा हुन बाँकी योजना
प्रशासन कार्यालय परिसरमा सुशासन पुष्प बाटिका निर्माणको काम सुरु भएको छ । यो निर्माण सम्पन्न भएसँगै सुशासन र सौन्द्रयीकरणमा महत्वपूर्ण रहने सिडिओ बस्नेतको भनाइ छ । यस्तै भरतपुर कारागार व्यवस्थापनका लागि प्रकृया सुरु भएको छ । २८० क्षमताको भरतपुर कारागारमा अहिले ८ सय जना कैदी बस्दै आएका छन । यसलाई फराकिलो स्थानमा सार्नका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ । विपद व्यवस्थापनका लागि सामग्रीहरु खरिद गर्ने तथा जिल्लामा भिआईपीका लागि छुट्टै सवारी खरिदको पहल भइरहेको सिडिओ बस्नेतले बताए ।

भ्रष्टाचारमुक्त कार्यालय 
बस्नेतले आफू सदाचारका लागि सँधै प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि भष्टाचारलाई निर्मुल पार्न सधँै लागिरहने प्रतिबद्धता जनाएका छन् । उनले भने ‘म घमण्डका साथ भन्छु, भ्रष्टाचारमुक्त कार्यालयको रुपमा स्थापित गराउन सफल भएको छु ।’ काम गर्ने क्रममा धेरै प्रलोभन पनि आएको बताउँदै उनले भने ‘यसलाई चिर्दै अघि बढेकाले जिल्ला प्रशासन कार्यालय चितवन मुलुककै उत्कृष्ट चौथो बन्न सफल भएको हो ।’ उनले आफु राष्ट्रसेवक कर्मचारी भएकाले जुनसुकै जिल्लामा गए पनि देश, नागरिक र सेवाग्राहीका लागी काम गर्ने प्रतिबद्धता दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस