साग अन्तर्गतको टि-२० क्रिकेटमा नेपालद्धारा भुटान पराजित

विहीबार, १९ मंसिर २०७६, १२ : ३९
साग अन्तर्गतको टि-२० क्रिकेटमा नेपालद्धारा भुटान पराजित

काठमाडौँ  ।  १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनायो । जवाफी ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनायो । भुटानका रन्जुङ मिक्यो दोर्जेले सर्वाधिक २७ रन बनाए। नेपालका पारस खड्काले २ विकेट लिए।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए ।  उच्च स्कोर बनाउने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए। टि-२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए ।  यस्तै पारस खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।  नेपालको विकेट लिने क्रममा भुटानका कर्मा दोर्जीले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस