जुवातास खेलिरहेका ७ जना पक्राउ

मंगलबार, १७ मंसिर २०७६, १२ : ४९
जुवातास खेलिरहेका ७ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी स्थित मकवानपुर हटौंडा– ६ घर भएका दिपक राउतले संचालन गरेकोको दिपक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ६९ हजार रुपैयाँ र १ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जुवातास ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यसैगरि धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा  धनकुटा पाख्रीवास–५ मासेडडुवा बस्ने भोजपुर श्यामसिलाका २६ वर्षीय सुजन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले आफ्नै दाइ नाता पर्ने ४८ वर्षीय खड्ग बहादुर बयलकोटीलाई खुकुरी प्रहार गरेका थिए । घाइते बयलकोटीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस