मेयर कप फुटबल लिगका लागि २४ विद्यलाय छनौट

सफल खबर संवाददाता

सोमबार, १७ बैशाख २०८१, १४ : १६
मेयर कप फुटबल लिगका लागि २४ विद्यलाय छनौट

चितवन । प्रथम मेयर कप स्कुल लिग फुटबलका लागि २४ विद्यलाय छनौट भएका छन् । लिगको सह आयोजक चितवन जिल्ला फुटबल संघले दुई दिन आयोजित छनौट चरणबाट अन्तिम २४ टोली टुङ्गो लगाएको हो ।

लिगका लागि सामुदायिक र संस्थागतबाट १२-१२ गरी २४ टोली छनौट गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले जानकारी दिए । सामुदायिकतर्फ सिद्धार्थ मावि, हिमालय दण्डपाँणी मावि, अमर मावि, लक्ष्मी मावि, आदिकवि भानु मावि, गौरीगञ्ज मावि, नारायणी नमोना मावि छनौट भएका छन् । यस्तै ढड्डाघारी मावि, किरण अमरजंग मावि, विश्वप्रकाश मावि, दुर्गा शेषकान्त मावि र जनज्योति मावि पनि लिगमा स्थान बनाउन सफल भएका छन् ।

संस्थागततर्फ ओमशान्ति एकेडेमी, ईडेन गार्डन ईंग्लिस बोर्डिङ, ग्रामोदय ईंग्लिस बोर्डिङ,  होली भिजन ईंग्लिस बोर्डिङ, स्टेप बाइ स्टेप ईंग्लिस बोर्डिङ, सनराइज ईंग्लिस बोर्डिङ, वाल्मिकी शिक्षा सदन, अंकुरम एकेडेमी, जनप्रिय ईंग्लिस बोर्डिङ, पारिजात ईंग्लिस बोर्डिङ, ग्रीनल्याण्ड पब्लिक स्कुल र ब्राइटस्टार ईंग्लिस बोर्डिङ छनौट भएका छन् ।        

प्रतियोगिताका लागि कुल ३९ विद्यालयले नाम दर्ता गराएका थिए । प्रतियोगिता बैशाख २८ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन समारोह भरतपुर ७ कृष्णपुरको खेल मैदानमा हुनेछ । लिगका खेलहरु भने कृष्णपुरसहित अन्य विभिन्न मैदानमा खेलाइनेछ।

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला फुटबल संघको सह-आयोजनामा पहिलो पटक अन्तर विद्यालय फुटबल लिग हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस