'साग' मा नेपालको उत्कृष्ट प्रदर्शन, १५ स्वर्ण

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, २२ : ०१
'साग' मा नेपालको उत्कृष्ट प्रदर्शन, १५ स्वर्ण

काठमाडौ । दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक प्राप्त गरेको छ ।

यसैगरी भारतले ३ स्वर्णसहित ८ रजत र ३ कास्य गरी १४ पदक प्राप्त गरेको छ । यस्तै श्रीलंकाले ३ स्वर्ण, ३ रतज र १४ कास्य गरी २४ पदक हासिल गरेको छ  भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदक प्राप्त गरेको छ । यसैगरी बंगलादेशले २ स्वर्ण र १६ कास्यसहित १८ पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ । यता माल्दिभ्स भने हालसम्म पदकबिहीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस