उपनिर्वाचन २०७६ : कहाँ कसले जित्यो ? हेर्नुहोस अन्तिम नतिजा

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १४ : ११
उपनिर्वाचन २०७६ : कहाँ कसले जित्यो ? हेर्नुहोस अन्तिम नतिजा

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि  शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ । 

स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।  जसमध्ये ३० पदमा सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी९नेकपा०का उम्मेदवार विजयी भएका छन्।

प्रतिनिधि सभा १, प्रदेशसभा सदस्य २, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष्य र २३ वडाध्यक्ष पदमा नेकपाले जित हात पारेको हो । १ प्रदेशसभा सदस्य, एक उपमहानगर पालिका मेयर र १२ वडाध्यक्ष गरी १४ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन् ।  एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस