काठमाडौं । रामेछाप नगरपालिका ८ बाढीका जीतबहादुर हायुको परिवारमा ३० जना सदस्य छन् । हरेक सदस्यले मासिक ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता पाउँछन् । यो भनेको मासिक ९० हजार हो ।
हायु परिवारलाई सामाजिक सुरक्षा भत्ताले उनीहरुको जीवन निर्वाह सहज भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ । हायुलाई सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेको छ भने सामाजिक सुरक्षा भत्ता पाउन अरुलाई जस्तो उनीहरुलाई ७० वर्ष पुग्नु पर्दैन ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ मंसिर २०७६, ०७ : ४४
लेखकबाट थप