देवघाट गाउँपालिकामा ५५ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, २१ : २२
देवघाट गाउँपालिकामा ५५ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण

देवघाट । देवघाट गाउँपालिका वडा नम्बर दुई  र तिनको दुर्गम ठाँउका आर्थिक अवस्था कम्जोर भएका ५५ जना वृद्धवृद्धाहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण देवघाट गाउँ पालिकाको अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि दुर्ग बहादुर थापाको  हात बाट वितरण गरिएको थियो। 

सुनसरी इटहरी २० खार्साला तरहरा निवासी  हाल स परिवार नै बेलायत बस्नु हुने पदम कुमार राईले आफ्नो ३८ औं जन्मोत्सव अवसरमा देवघाट गाउँपालिकाको विकट ठाँउ २ र ३ नम्बर वडाका ५५ जना  आर्थिक अवस्था कम्जोर भएका  वृद्धवृद्धाहरुलाई ६० हजार बराबरको न्यानो कपडा सुईटर र टोपी सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस