प्रदेश ६ को बहुमतीयमा वाम गठबन्धन विजयी

बुधबार, २४ माघ २०७४, १९ : ५७
प्रदेश ६ को बहुमतीयमा वाम गठबन्धन विजयी

प्रदेश नम्बर ६ को राष्ट्रियसभा निर्वाचनको बहुमतीय (अपांगता वा अल्पसंख्यक र दलित) तर्फ वाम गठबन्धनका उमेदवार विजयी भएका छन् ।

दलिततर्फ एमालेका नरपति लुवार र अपांगता वा अल्पसंख्यकमा माओवादी केन्द्रका जीवन बुढा विजयी भएका छन् ।

नरपतिले तीन हजार ६६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत पाए ।

यस्तै जीवनले तीन हजार ७२० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शमाएले ९७८ मत ल्याएको निर्वाचन आयोगले जानकारी दियो । बाँकी एकल संक्रमणीयतर्फका ६ पदमा भने मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस