एक नम्बर प्रदेशको दुवै पदमा वाम गठबन्धन विजयी

बुधबार, २४ माघ २०७४, १७ : ५५
एक नम्बर प्रदेशको दुवै पदमा वाम गठबन्धन विजयी

विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा सांसदका दुर्इ सिटका लागि भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।  सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।
प्रदेश नम्बर १ बाट दलित सदस्यमा नेकपा एमालेका  खेमराज नेपाली विजयी भएका छन् उनको मतमूल्य ६२७० रहेको आयोगले जानकारी दिएको छ । त्यस्तै सोही प्रदेशको अपांगता तगा अल्पसंख्यक निर्वाचन क्षेत्रबाट एमालेकै अगमप्रसाद वान्तवा राई निर्वाचित भएका छन् । उनको मतमूल्य ६१६८ रहेको आयोगको भनाइ छ ।

त्यस्तै प्रदेश ४ को दलित निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका खिमबहादुर विक निर्वाचित भएका छन् । त्यस्तै अर्का दलित सदस्यमा नेपाली कांग्रेसबाट जितबहादुर नेपाली निर्विरोध भएका थिए ।

प्रतिक्रिया दिनुहोस