विराटनगरमा मतदान सम्पन्न

बुधबार, २४ माघ २०७४, १७ : ४१
विराटनगरमा मतदान सम्पन्न

विराटनगर । प्रदेश नं १ मा राष्ट्रियसभा सदस्य चुन्न भएको मतदान सम्पन्न भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहस्थित मतदान केन्द्रमा बिहान १०ः०० बजे मतदान कार्य शुरु भई अपराह्न ३ः०० बजे सम्पन्न भएको थियो ।

यस क्षेत्रमा ३६७ जना मतदाता रहेकामा ३६४ जनाले मतदान गरेको जानकारी प्राप्त भएको छ । प्रदेश सांसद विष्णु तुम्बाहाम्फे र ताप्लेजुङको मिक्लाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा मतदानमा अनुपस्थित रहनुभएको सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको केही दिनअघि सडक दुर्घटनामा निधन भएका कारण एक मतदाता घटेको होे ।

यस प्रदेशमा दलित, अपांग र अल्पसंख्यक समूहको दुई स्थानका लागि मतदान भएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस