प्रदेश नं. ५ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

बुधबार, २४ माघ २०७४, १६ : २२
प्रदेश नं. ५ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

दाङ । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत दाङमा भएको प्रदेश नं. ५ को निर्वाचनमा ३ सय ३ जनाले मतदान गरेका छन । ३ सय ५ जना मतदातामध्ये ३ सय ३ जनाले मतदान गरेका हुन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ मध्ये २ ससय १७ जनाले मात्रै भोट खसालेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला कांग्रेसकी अनिता देवकोटा, एमालेकी कोमल वली र मिना वूढा निर्विरोध निर्वाचित भइसकेका छन् । आजको निर्वाचनमा दलिततर्फवाट निर्वाचिन हुने एकजना सदस्यका लागि एमालेका रामलखन हरिजन र नेपाली कांग्रेसका मैकुलाल बाल्मिकीबीच प्रतिस्पर्धा भएको छ । त्यस्तै अल्पसंख्यक तथा अपाङ्गतातर्फ माओवादी केन्द्रका राजकुमार कवर र नेपाली कांग्रेसका लुट वहादुर खत्रीबीच प्रतिस्पर्धा भएको छ ।

अन्यतर्फ निर्वाचितका लागि नेकपा एमालेका खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र वहादुर खड्का, नेपाली काग्रेसका दुर्गा प्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मिराज नेपालीबीच प्रतिस्पर्धा भएको छ ।  

परिणाम बुधबार नै राति १० बजेसम्म आउने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको छ ।

प्रतिक्रिया दिनुहोस